सुकुमबासी बस्तीमा आज पनि डोजर



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरिएका छन्।

सोमबार बिहानदेखि गैरीगाउँस्थित सुकुमबासी बस्तीमा दुई वटा डोजरले संरचना हटाउने काम गरिरहेको छ।

यसअघि शनिबार र आइतबार गैरीगाउँ र थापाथली क्षेत्रमा डोजर चलाइएको थियो।

यस्तै, भक्तपुरको मनोहरा सुकुमबासी बस्तीमा पनि घर–टहर भत्काउने कार्य जारी छ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको हो।

थापाथली, गैरीगाँउ, मनोहरालगायतबाट विस्थागित भएका सुकुम्बासीहरुलाई काठमाडौं र भक्तपुरमा राखिएको छ ।

उनीहरुलाई स्क्रिनिङपछि सरकारले तोकेको स्थानमा लैजाने तयारी छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्