नक्कली पैसाको बन्डलसहित ६ जना पक्राउ



काठमाडौं । नक्कली पैसाको बन्डलसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका–०७ बस्ने बलबहादुर तामाङ र पूर्णमाया तामाङको छोरा २६ वर्षीय योगबहादुर तामाङ, उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, उदयपुर घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३६ वर्षीय भविन्द्रकुमार तामाङ, चितवनको रत्ननगर गाउँपालिका–५ घर भएका ३४ वर्षीय प्रवीण महतो, रौतहटको गुजरा नगरपालिका–१ घर भएका २८ वर्षीय मुना धामी र चितवनको कालिका नगरपालिका–५ घर ३८ वर्षीय सत्यनारायण चौधरी छन् ।

उनीहरूकाे साथबाट ४० बन्डल कागजको पैसा, बा.प्र.०१ ०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी र बा ४७ प ५४११ नं.को २२० सी.सी.को पल्सर मोटरसाइकल बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले नक्कली पैसासँग सक्कली पैसा साट्ने गरेको जनाइएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्