प्रभु बैंकद्वारा HRDC लाई साढे सात लाख सहयोग



काठमाडौँ, १४ वैशाख । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोकको बनेपास्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु. ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ।

उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी र पुनस्थापना कार्यक्रममा उपयोग गरिनेछ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका मार्केटिङ म्यानेजर सबिन सम्शेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक बुझाए।

उल्लेखनीय छ कि ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित सञ्चालित प्रभु बैंकका नेपालभर ३०० शाखा, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान भइरहेको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्