सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा निर्मल ढकाल



काठमाडौँ, १५ वैशाख। अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ।

मन्त्रालयको निर्णयअनुसार ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।

उनी यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।

ढकालले विभागभित्रको अनुभव र कार्यसम्पादनका आधारमा नेतृत्वको जिम्मेवारी पाएको बताइएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्