एकैदिन तोलामा तीन हजार रुपैयाँले घट्यो सुन



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्