पूर्वमन्त्री साहले गरे अध्यादेशको बचाउ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन् । बुधबार संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै साहले अध्यादेशको बचाउ गरेका हुन् ।

अध्यादेश ल्याउन मिल्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै उनले जनअपेक्षा र सरकारले सार्वजनिक गरेको सय दिने म्यान्डेट पुरा गर्न अध्यादेश ल्याएको जिकिर गरे ।

‘संविधानमा अध्यादेशको व्यवस्था छ भने सरकारले सजिलोको लागि ल्याउन सक्छ । प्रशासनिक पाटोलाई सहज बनाउन अध्यादेश ल्याउन सक्छ । अहिलेको सरकार द्रुत गतिमा अगाडि बढिराखेको छ । हामीसँग सय दिनमा काम गर्ने सय कार्यसूची छ । सय दिनमा सरकारलाई डेलिभरी दिनुपर्नेछ । जनताका अपेक्षा छन् । हाम्रो म्यान्डेट छन् । त्यो पुरा गर्न विशेष पहल गर्नुपर्ने हुन्छ । सायद अध्यादेश त्यसैको प्रतीक हो’, उनले भने ।

जनताले आफ्नो पार्टीलाई पाँच वर्षका लागि म्यान्डेट दिइराखेका संविधानमा भएको अधिकार प्रयोग सरकारले गर्न सक्ने साहको तर्क छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्