गरिमा विकास बैंकका ग्राहकलाई दुईवटा अस्पतालमा उपचार गर्दा छुट
काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडीसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
सम्झौतापश्चात् गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडीसी)को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।
कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ।
गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाइल बैकिङ् र डेविट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्न सक्नेछन्।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार
















