तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
काठमाडौं १६ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते तरुण दलको अध्यक्ष मनोनित भएका थिए ।
उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै यो बीचमा राजनीतिक घटनाक्रमका कारण तरुण दलको अधिवेशन गराउन नसकेको पनि बताएका छन् ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार
















