अध्यादेशबारे आज संविधानविद्हरूसँग परामर्श गर्दै राष्ट्रपति पौडेल



काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर धमाधम अध्यादेश सिफारिस गरेपछि उत्पन्न राजनीतिक विवादबीच राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार छलफल अपराह्न तय भए पनि समय भने यकिन गरिएको छैन ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो।

त्यसैगरी वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश तथा विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव पठाइएको छ।

संसद् अधिवेशन रोकेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै चौतर्फी विरोध चुलिएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्