रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु



काठमाडौँ, १७ वैशाख रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।  

जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो । 

सूचना अधिकारी सुनिलका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो । पानी परिरहेकाले अहिले उद्धारमासमेत समस्या भएको छ ।  

प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ । वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ ।  दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्