धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै



काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ ।

अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो । अहिले उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालिरहेका छन् ।

अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएको छ ।

यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा छन् ।

केही दिनदेखि यो घर सामाजिक सञ्जालमा चर्चित थियो । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्