३० वर्षपछि फर्कियो ‘बन्नी’ — नयाँ रूपमा, उही माया!



काठमाडौँ  २१ वैशाख। धेरैलाई याद होला — टेलिभिजनमा आउने पशुपति पेन्ट्सको त्यो प्यारो एनिमेटेड खरायो। १९९० को दशकमा नेपाली दर्शकको मन जितेको ‘बन्नी’ अब दशकौंपछि नयाँ स्वरूपमा फर्किएको छ।

पशुपति पेन्ट्सले आफ्नो प्रतिष्ठित क्यारेक्टरलाई ‘पुन्टे’ नाम दिँदै ब्रान्ड एम्बेसडरको रूपमा पुनर्जीवित गरेको छ। यसपटक भने फरक छ — बाहिरका कलाकारको सहयोगमा होइन, AI र डिजिटल डिजाइनको माध्यमबाट स्वदेशमै तयार गरिएको छ।

त्यतिबेला प्रविधिको सीमाले गर्दा भारतका कलाकारको सहयोग लिनुपरेको थियो। आज त्यही सिर्जना नेपालभित्रै सम्भव भएको छ — नेपालको सिर्जनात्मक उद्योगको उल्लेखनीय छलाङको प्रतीकका रूपमा।

४५ वर्षको गौरवशाली यात्रा बोकेको पशुपति पेन्ट्सले नयाँ बन्नीमार्फत पुरानो पुस्ताको नोस्टाल्जिया र नयाँ पुस्ताको रुचि दुवैलाई एकसाथ समेट्न खोजेको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्