एकैदिन तोलामा ३८ सयले घट्यो सुन



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेर तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी तोलामा पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्