सुनको मूल्य सामान्य घट्यो, चाँदीको के भयो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलामा पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्