पुन: तीन लाख मुनि झर्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा चार हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

केहीदिन यता घटेर तीन लाखबाट दुई लाखमा झरेको सुन फेरी बैशाख २९ गते एकैदिन चार हजार चार सय रुपैयाँले बढेर तीन लाखमाथि पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ। पछिल्ला दिनहरूमा अमेरिकी डलरको मूल्य, विश्व आर्थिक अवस्था तथा अन्तर्राष्ट्रिय मझबलम का कारण सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने क्रम जारी रहेको व्यवसायीहरू बताउँछन्।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेर पाँच हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा पाँच हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्