सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार भने चाँदी पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार