एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा जारी



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसिरहेको छ ।

जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।

११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको बैठकले नेताहरूको कार्यविभाजनलाई मुख्य एजेडा बनाएको छ।

केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी सचिवालयको छ ।

हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी छ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्नेछ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार