दुर्गा प्रसाईं नियन्त्रणमा



काठमाडौं, ५ जेठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए।

उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार