रोल्पामा दुई वटा सकेट बम फेला



रोल्पा । रोल्पामा दुई वटा सकेट बम फेला परेका छन् ।

जिल्लाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा आज बिहान दुई वटा सकेट बम फेला परेका हुन् ।

पाछावाङ खोलामा जाली लगाउने प्रयोजनका लागि खन्ने क्रममा शंकास्पद वस्तु देखिएपछि एक स्थानीय मजदुरले सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि नेपाली सेना अन्तर्गत सूर्यदल गण लिबाङबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक परीक्षणपछि फेला परेको वस्तु सकेट बम भएको पुष्टि भएको हो ।

सुरक्षा निकायका अनुसार ती बम द्वन्द्वकालीन समयमा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले उक्त बम डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार