तेस्रो सांग्रिला क्विजमा दाङका पिताम्बर र बालिका विजेता
काठमाडौँ ५ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ को फाइनल ‘कन्ट्री राउन्ड’ सम्पन्न भएको छ।
१० क्लस्टरका २० प्रतिस्पर्धीबीच भएको प्रतिस्पर्धामा दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता बने भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भए।
विजेताले जनही रु. ६०,००० र उपविजेताले जनही रु. ४०,००० पुरस्कार पाए।
कार्यक्रममा बैंकमा लामो समय सेवा गरेका तथा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई विशेष सम्मान समेत गरियो।
सांग्रिला डेभलपमेन्ट बैंक हाल देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार







