एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुट
काठमाडौँ ५ जेठ । एनएमबि बैंक ले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदांता अस्पताल मा विशेष स्वास्थ्य सेवा छुट उपलब्ध गराउने भएको छ। यस सहकार्यअन्तर्गत ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन्।
बैंकका अनुसार ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, आइपिडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप लाभ उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार







