भी-चित्रले जित्यो ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि



काठमाडौँ ५ जेठ ।  भी-चित्र प्रा. लि. ले १५औँ ACEF Global Customer Engagement Awards 2026 मा ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त अवार्ड समारोह ३० अप्रिल २०२६ मा The Westin Mumbai Garden City मा आयोजना गरिएको थियो।

काठमाडौंस्थित एजेन्सीले विश्वव्यापी डिजिटल प्लेटफर्म TikTok सँगको सहकार्यमा सञ्चालित ‘टिकटक फ्यामिली पेरिङ’ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको जनाएको छ।

नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरकिशोरीहरूको डिजिटल सुरक्षासम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्दै सञ्चालन गरिएको उक्त अभियानले अभिभावकीय नियन्त्रण सुविधा (Parental Control Feature) लाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका सञ्चारमाध्यममार्फत प्रचार गरेको थियो।

अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गरेको दाबी गरिएको छ। यसले टिकटकलाई केवल मनोरञ्जनमूलक प्लेटफर्म नभई जिम्मेवार डिजिटल प्लेटफर्मको रूपमा स्थापित गर्न योगदान दिएको उल्लेख गरिएको छ।

त्यसैगरी, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत भी-चित्र प्रा. लि. ले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार प्राप्त गरेको छ। उक्त अभियानले नेपालमा डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिमा भूमिका खेलेको बताइएको छ।

ग्राण्ड प्रिक्स अन्तर्गतका उपलब्धिसहित प्राप्त ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पब्लिक रिलेसन्स क्षेत्रकै सर्वोच्च सम्मान मानिन्छ। यस सफलताले भी-चित्र प्रा. लि. लाई एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट पीआर एजेन्सीको पंक्तिमा उभ्याएको छ।

कम्पनीका अनुसार यस सफलतामा यसको पीआर केन्द्रित सहायक कम्पनी मिडियाम्यान को पनि महत्वपूर्ण योगदान रहेको थियो। सञ्चार रणनीति र मिडिया विशेषज्ञतामार्फत मिडियाम्यानले अभियानहरूको निर्माण तथा कार्यान्वयनमा भूमिका निर्वाह गरेको जनाएको छ।

भी-चित्र प्रा. लि. नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीमध्ये एक मानिन्छ। कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रिएटिभ रणनीतिमा काम गर्दै आएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार