सरकारी लगानी बढ्यो, प्रतिफल कमजोर, सार्वजनिक संस्थानमा ७ खर्ब ९८ अर्ब लगानी
काठमाडौँ, १३ जेठ । सार्वजनिक संस्थानमा सरकारको लगानी निरन्तर बढे पनि त्यसअनुसार प्रतिफल आउन नसकेको देखिएको छ ।
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८३’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमा सरकारको लगानी १३.४४ प्रतिशतले बढेर ७ खर्ब ९८ अर्ब ५६ करोड रुपियाँ पुगेको छ ।
जसमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रुपियाँ शेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड रुपियाँ ऋण लगानी रहेको छ । तर सार्वजनिक संस्थानको कुल आय भने अघिल्लो वर्षको तुलनामा केवल ०.६७ प्रतिशतले मात्रै बढेको छ ।
प्रतिवेदनले बढ्दो सरकारी लगानीको तुलनामा उत्पादनशीलता र प्रतिफल अपेक्षाअनुसार नदेखिएको औँल्याएको छ । हाल सञ्चालनमा रहेका ४५ संस्थानमध्ये १६ वटा घाटामा छन् भने दुई वटा पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार







