एसियन गेम्स छनोट खेल्न नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान
काठमाडौँ, १४ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
मे ३१ देखि जुन ८ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि बिहीबार आयोजित कार्यक्रममा क्यानले टोलीको औपचारिक बिदाइ गरेको हो ।
नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै मलेसिया र चीन रहेका छन् । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन् ।
प्रतियोगिताबाट शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन् । नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्नेछ ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी समावेश छन्
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार







