शुक्रबार साँझ ४ बजे पेस हुँदैछ बजेट



काठमाडौं, १४ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गर्नुहुनेछ।

नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा बैठक राख्ने तयारी भए पनि ‘फिनिसिङ’ कार्य अधुरो रहेकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुती हुन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

स्थानाभावका कारण यसपटक संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चाधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको जानकारी दिइएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई तोकिएको समयअगावै स्थान ग्रहण गर्न सूचित गरिएको छ। 

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार