सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट (पूर्ण पाठ)
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब रुपियाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरेको हो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि गरिएको छ ।
हेर्नुहाेस् बजेट भाषणकाे पूर्णपाठ
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार







