जडीबुटी क्षेत्रमा प्रहरीले चलायो गोली



काठमाडौँ। काठमाडौँको जडीबुटीमा गएराति प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ।

जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटको आरोपमा गोली हानेर एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएका व्यक्ति काठमाडौँकै भद्रकाली घर भएका गणेश कार्की हुन्। उनको बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार