एकैदिन २० हजार ५ सयले बढ्यो सुन



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक बढेको छ।

आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ।

यसअघि जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको प्रत्यक्ष असर बजारमा देखा परेको हो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार