सुनको मूल्य सामन्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँले घटेर ३ लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार