बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु, पाँच जना गम्भीर घाइते



दैलेख, १८ जेठ दैलेखको भैरवी गाउँपालिका–५ कालगौँडामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च. ४९६४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा Kalbahadur Rokaya, Mitra Sunar र Pultisara Bik को मृत्यु भएको हो ।

दुर्घटनामा शुभकालिका गाउँपालिका–४ का चक्र सुनार, सुमत विक र नैन सुनार तथा शुभकालिका गाउँपालिका–६ का भरत विक र शुभकालिका गाउँपालिका–५ का कलम सुनार गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि सुमत विक र नैन सुनारको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख श्रवणकुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार