माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु



धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

भुललाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार