महोत्तरीमा गोली चलाएर लुटपाट
काठमाडौँ। महोत्तरीमा गोली चलाएर लुटपाट भएको घटना भएको छ।
जिल्लाको सोनमा गाउँपालिका ३ खखाना दक्षिणबारी टोलमा गएराती चोरी गर्न आएका ५र६ ज्क्नाको समूहले प्रतिवाद गर्दा गोली चलाउँदा श्रीमान श्रीमती घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेलेका अनुसार गोली लागेर २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएकी छन् ।
गोली लागेर घाइते भएका दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







