सुनको मूल्य स्थिर, चाँदीको केही घट्यो



काठमाडौं । नेपाली बजारमा विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ । आज एक तोला चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ ।

मंगलबार त्यति नै परिमाणको चाँदी पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार