माओबादी केन्द्रबाट पहिलो महिला गाउँप्रमुखमा निर्वाचित


 


सिन्धुली, जेठ ५
सिन्धुलीको सुनकोशी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट पहिलो महिला निर्वाचित भएकी छन् ।

केन्द्रबाट दिपा बोहरा निकटमत प्रतिद्वन्दी कांग्रेसका दिपक कोइरालाई पराजित गर्दै गाउँ प्रमुखमा निर्वाचित भएकी हुन् । बोहराले ३ हजार ४३३ मत ल्याइन् भने काँग्रेसका दिपक कोइरालाले ३ हजार २१२ मत ल्याए ।

उपप्रमुखमा पनि माओवादीकै दिर्वसिंह मोक्तान निर्वाचित भएका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्