जलनबाट घाइते अश्विन रावतको उपचारकै क्रममा मृत्यु
काठमाडौँ, २७ असार । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनका कारण मृत्यु भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
वीर अस्पतालस्थित डा. केडी जोशी जलन उपचार केन्द्र का प्रमुख डा. अपार लामिछानेका अनुसार रावत ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका थिए।
उपचारका क्रममा उनलाई बचाउन चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि अत्यधिक जलनका कारण जोगाउन नसकिएको डा. लामिछानेले बताए।
उनका अनुसार रावतको अनुहारसहित श्वासप्रश्वास नलीमा समेत आगोले गम्भीर असर पुगेको थियो।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार










