Deshko News
१३ आश्विन २०८०, शनिबार

कांग्रेसका पोखरा सभापतिद्वारा राजीनामा, किन दिए राजीनामा ? (विज्ञप्तीसहित)



पोखरा, जेठ ५

पोखरा लेखनाथ नगरपालिकामा स्थानीय तह निर्वाचन परिणाम ‘निराशाजनक’ आइरहेको भन्दै  पोखरा लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

उनले पोखरा नगरपालिकामा आइरहेको परिणामका प्रति आफ्नो जिम्मेवारी महशुस गरेर राजीनामा दिएको बताएका छन् ।

कास्कीमा ‘अप्रत्याशित’ परिणामका लागि कांग्रेसको नेतृत्व तहको व्यक्तिवादी सोच, गैर जिम्मेवारीपन र संकिर्णतालाई मुख्य जिम्मेवार ठहर गर्दै श्रेष्ठले राजीनामा पत्रमा कास्कीको निराशाजनक परिणामका निम्ति अधिकांश केन्द्रीय सदस्य, सांसदहरु, जिल्ला समिति लगायतका प्रतिनिधिहरु आफ्नो जिम्मेवारीमा संवेदनशील हुन नसकेको पनि उल्लेख गरेका छन् ।

उनले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनलाई सुदृढ पार्न आफ्नो क्रियाशिलतमा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News