सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं, ७ साउन । सिद्धार्थ बैंक लिमिटेड र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, नारी डेबिट कार्ड तथा प्लाटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
यस सुविधासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार







