शेखर गोल्छालाई एक कराेड धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, १२ साउन । जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरेको जनाएको छ।
दुवै कसुरमा गरी कुल एक करोड रुपैयाँ धरौटी बुझाएपछि गोल्छा रिहा हुने अदालतले उल्लेख गरेको छ।
गोल्छाविरुद्ध बीमा र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामाथि सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







