डा. केसीले धनगढी पुगेर खोले मेडिकल कलेजले गति नलिनुको सहस्य, अब आफूले पहल गर्ने


 


धनगढी, जेठ १८

त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताउनुभएको छ ।

कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पुग्नुभएका उहाँले पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकामा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गर्नुभयो ।

उहाँले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साबिक गेटा गाविसको गेटी गाउँमा मेडिकल कलेज निर्माणाधीन रहेको छ । चालु वर्षमा एक/एकवटा कलेज भवन र अस्पताल भवन निर्माण भइरहेको छ । यसका लागि चालु वर्षमा रु ५० करोड बजेट विनियोजन गरिएको थियो । रासस

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्