Deshko News
१६ आश्विन २०८०, मंगलबार

एसईईको नतिजा : कुन ग्रेडमा कति पास ?



काठमाडौं, असार २
परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसइइ०को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४६२१३६ मध्ये ३‍.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२२८४ जनाले प्राप्त गरेका छन् ।

यस्तै, ३.२ भन्दा माथि देखि ३.६ जीपीएमा ४२४२७ जनाले ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५०६४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१९५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा९१३१४ र १.६ देखि २.४ जीपीए ल्याउने १०८४६४ छन् ।

१.२५ देखि १.६० सम्म ल्याउने ६४५७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११२८५ रहेका छन् । परीक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको छ ।

परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।

विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब सीभन्दा कम ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन ।

गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो । ग्रेड वृद्धीका लागि पुनस् परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News