Deshko News
१३ आश्विन २०८०, शनिबार

एसर्ईई नतिजा : विद्यार्थी नेपाली विषयमा सबैभन्दा कमजोर



काठमाडौं, असार ३
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ ।

४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परीक्षा दिएकामा अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् । आजको कान्तिपुरमा खबर छ ।

नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्थात् ९० भन्दा बढी अंक ल्याएका छन् । अंग्रेजीमा ९ हजार ४ सय १० जना, गणितमा २८ हजार १३, विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ए प्लस ल्याएका छन् ।

नेपालीपछि सामाजिक कमजोर देखिएको छ । सामाजिकमा ३ सय ९७ जनाले मात्रै ए प्लस ल्याएका छन् । यो विषयमा डी र ई ल्याउने पनि १ लाख ६ हजार छन् ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News