नेपाली ग्यास बुलेटमा भारत किन तगारो ?


 


काठमाडौं, असार २१
खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन् ।

भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री महराले स्वराजसँगको द्वीपक्षीय भेटमा ग्यास बुलेट सञ्चालन गर्न अनुमति दिन प्रस्ताव गरेका थिए भनेर आजको नागरकि दैनिकले खबर प्रकाशित गरेको छ ।

बुलेटसञ्चालन गर्ने वातावरण बनाउन प्रतिवद्धता जनाउनुको साटो स्वराजले नेपालकै स्टेशनसम्म ढुवानी गरिदिने आश्वासन दिएकी छन् ।

‘ग्यास बुलेटका विषयमा भारतीय पक्षू सकारात्मक देखिएन,’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले भने,‘भारतीय विदेश मन्त्रीले नेपाललाई चाहिनेजति ग्यास इन्डियन बुलेटबाटै ढुवानी गरिदिने बताए ।’

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्