८० वर्ष उमेर कटेका ४६ उम्मेदवार : कति विजयी, कति पराजित ?


 



काठमाडौं, असार २१
स्थानीय निर्वाचनमा ८० कटेका उम्मेदवार सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राप्रपाका १९ उम्मेदवार ८० कटेका छन् ।

बझाङको दुर्गाथली गाउँपालिका–३ बाट वडाध्यक्षमा उम्मेदवार भएका कांग्रेसका ९८ वर्षीय विष्णुबहादुर रावलले सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । उनले निर्वाचनमा २० मत मात्रै पाए ।

८० कटेका ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने एकजना एमालेका उम्मेदवार थिए । अन्य ज्येष्ठ उम्मेदवार कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतबाट छन् । अधिकांश ज्येष्ठ उम्मेदवारले सयभन्दा कम मत पाएका छन् ।

पहिलो चरणको निर्वाचनमा ५१ जना ८० कटेका उम्मेदवार बनेका थिए । त्यतिखेर पनि राप्रपाकै सबैभन्दा धेरै २० ज्येष्ठ उम्मेदवार थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

ज्येष्ठ दुई उम्मेदवारले झिनो मतान्तरले जिते
रुपन्देहीको मायादेवी गाउँपालिका–१ बाट दलित महिला सदस्यमा राप्रपाकी ८२ वर्षीया कोइली चमार तीन मतान्तरले विजयी भइन् । उनले ५४७ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुखना चमाइनले ५४४ मत प्राप्त गरिन् ।

त्यस्तै, बाँकेको जानकी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रकी ८० वर्षीया उम्मेदवार कानी चमार ९१ मतले विजयी भइन् । उनले एमालेकी संगीता सोनकरलाई ९१ मतान्तरले हराइन् ।
पराजित वृद्ध उम्मेदवार

९८ वर्ष : विष्णुबहादुर रावल (कांग्रेस) वडाध्यक्ष : दुर्गाथली गाउँपालिका–३, बझाङ
प्राप्त मत : २०

८९ वर्ष : देवकुमार भारती (स्वतन्त्र) प्रमुख : शिवराज नगरपालिका, कपिलवस्तु
प्राप्त मत : २६७

८९ वर्ष : ललिराम थारू (राप्रपा) सदस्य :बैजनाथ गाउँपालिका–४, बाँके प्राप्त मत ः ३५

८७ वर्ष : हिरामणि शर्मा पोख्रेल (स्वतन्त्र) वडाध्यक्ष : इटहरी उपमहानगरपालिका–५, सुनसरी प्राप्त मत ः ३

८७ वर्ष :दिलबहादुर राई (स्वतन्त्र ) वडाध्यक्ष :जन्तेढुंगा गाउँपालिका–२ खोटाङ प्राप्त मत : ८

८७ वर्ष :टेकबहादुर मगर (राप्रपा) सदस्य : खाल्सा छिन्ताङ सहिदभूमि गापा–७, धनकुटा प्राप्त मत :१७

८६ वर्ष :जसोधरा चमारनी (लो. फोरम) दलित सदस्य :गुलरिया नगरपालिका–३, बर्दिया प्राप्त मत ः ७२

८५ वर्ष : टेढे खाँ (राप्रपा) सदस्य :नरैनापुर गाउँपालिका–४, बाँके प्राप्त मत : २१३

८५ वर्ष : प्राग चमार (राप्रपा) सदस्य : महाराजगन्ज नगरपालिका–१०, कपिलवस्तु प्राप्त मत ः १०२

८४ वर्ष : चन्द्रवीर लिम्बू (नयाँ शक्ति) सदस्य : मेन्छयायेम गाउँपालिका–३, तेह्रथुम प्राप्त मत ः ३

८४ वर्ष : डम्बरबहादुर राई (राप्रपा) अध्यक्ष  : फाकफोकथुम गाउँपालिका इलाम प्राप्त मत ः ११२

८४ वर्ष : गौहर खाँ (राप्रपा) वडाध्यक्ष : खजुरा गाउँपालिका–७, बाँके प्राप्त मत : १८०

८३ वर्ष : रघुनाथ रानाथारू (राप्रपा) सदस्य : धनगढी उपमहानगर–१०, कैलाली मतगणना बाँकी

८३ वर्ष : कर्णबहादुर बम (माओवादी केन्द्र) सदस्य : दुहुँ गाउँपालिका–४, दार्चुला प्राप्त मत ः १२६

८३ वर्ष : इन्द्र बोहरा (राप्रपा) वडाध्यक्ष  : डिलासैनी गाउँपालिका–२, बैतडी प्राप्त मत ः ४९

८३ वर्ष  : गुर्रे अहिर (संघीय समाजवादी फोरम) वडाध्यक्ष ः कोटहीमाई गाउँपालिका–२, रुपन्देही

८३ बर्ष  : खेमराज पोखरेल (कांग्रेस) वडाध्यक्ष  : इनरुवा नगरपालिका–५, सुनसरी प्राप्त मत  : ९७६

८३ वर्ष  : रामप्रसाद पन्थी (कांग्रेस) सदस्य  : मालारानी गाउँपालिका–३, अर्घाखाँची प्राप्त मत  : ५८

८२ वर्ष  : ताराप्रसाद पन्थी (राप्रपा) वडाध्यक्ष  : मालारानी गाउँपालिका–८, अर्घाखाँची प्राप्त मत ः ६

८२ वर्ष  : टेकनारायण शर्मा (जनमोर्चा) सदस्य  : वाणगंगा नगरपालिका–११, कपिलवस्तु प्राप्त मत ः २२

८२ वर्ष  : हंसी सार्की (एमाले) दलित महिला सदस्य  : हिमाली गाउँपालिका–४, बाजुरा प्राप्त मत ः १६४

८२ वर्ष  : तेजबहादुर विष्ट (राप्रपा) सदस्य : जानकी गाउँपालिका–८, कैलाली प्राप्त मत :  ३०

८२ वर्ष : तुलसीराम शर्मा (राप्रपा) सदस् : देवदह नगरपालिका–५, रुपन्देही प्राप्त मत  : ६७

८२ वर्ष  : कोइली चमार (राप्रपा) दलित महिला सदस् : मायादेवी गाउँपालिका–१, रुपन्देही प्राप्त म : ५४७ (विजयी)

८२ वर्ष : खड्गबहादुर कार्की (राप्रपा) वडाध्यक्ष  : गौरादह नगरपालिका–४ झापा प्राप्त मत  : १९८

८० वर्ष  : गोलीदेवी कामी (माओवादी केन्द्र) महिला सदस्य  : पञ्चेश्वर गाउँपालिका–६, बैतडी प्राप्त म : ७४

८१ वर्ष  : देवसिंह धामी (स्वतन्त्र) अध्यक्ष  : सिगास गाउँपालिका, बैतडी प्राप्त मत  : ९

८१ वर्ष  : पदमबहादुर यङ्या (राप्रपा) वडाअध्यक्ष  : याङवरक गाउँपालिका–३, पाँचथर प्राप्त म : ३०

८१ वर्ष  : पदमप्रसाद दाहाल (संघीय समाजवादी फोरम) सदस्य  : पथरी शनिश्चरे नगरपालिका–१०, मोरङ प्राप्त मत  : १७

८१ वर्ष  : बाबुराम कार्की (कांग्रेस) वडाध्यक्ष  : चौदण्डीगढी नगरपालिका–२ उदयपुर प्राप्त मत  : ५३२

८१ वर्ष  : रेवन्तबहादुर विष्ट (राप्रपा) प्रमुख : तानसेन नगरपालिका, पाल्पा प्राप्त मत  : ५३

८१ वर्ष  : पार्वती चमाइन (देशभक्त समाज) दलित महिला सदस्य  : मर्चवारी गाउँपालिका–२, रुपन्देही प्राप्त मत ः ३२९

८१ वर्ष  : वीरसिंह सुनार (राष्ट्रिय जनमुक्ति पार्टी) सदस्य : घोराही उपमहानगर–१३, दाङ प्राप्त मत  : १८

८१ वर्ष  : भगौती थारु (राप्रपा) प्रमुख  : कोहलपुर नगरपालिका, बाँके मतगणना जारी  : पाँचौँ स्थानमा

८० वर्ष  : पदमबहादुर राई (८०) सदस्य  : भद्रपुर नगरपालिका–९, झापा

८० वर्ष  : नारायणप्रसाद खरेल (स्वतन्त्र) भद्रपुर नगरपालिका–१, झापा

८० वर्ष  : वासुदेव भण्डारी (कांग्रेस) सदस्य  : धनकुटा नगरपालिकामा–३, धनकुटा प्राप्त मत  : २०४

८० बर्ष  : मलिम साफी मियाँ (माओवादी केन्द्र) सदस्य  : गढी गाउँपालिका–३ सुनसरी प्राप्त मत  : ८९

८० बर्ष  : चौकबहादुर राई (कांग्रेस) वडाध्यक्ष  : साकेला गाउँपालिका–३ खोटाङ प्राप्त मत  : १५८

८० बर्ष :खडगबहादुर खत्री (राप्रपा ) वडाध्यक्ष  : खोटेहाङ गाउँपालिका–६ खोटाङ प्राप्त मत  : २

८० वर्ष  : कासी चमार (बहुजन) वडाध्यक्ष  : रामग्राम नगरपालिका–१७, नवलपरासी प्राप्त मत  : १

८१ वर्ष  : मानुल्लाह मुसलमान (कांग्रेस) वडाध्यक्ष  : यशोधरा गाउँपालिका–८, कपिलवस्तु प्राप्त मत  : ७८९

८० वर्ष  : काली दमिनी (राप्रपा) दलित महिला सदस् : गढवा गाउँपालिका–५, दाङ प्राप्त मत  : ३५

८० वर्ष  : कानी चमार (माओवादी केन्द्र) दलित महिला सदस्य : जानकी गाउँपालिका–२, बाँके प्राप्त मत  : ५८८ (विजयी)

८० वर्ष  : जंगबहादुर थारु (राप्रपा) सदस्य  : नेपालगन्ज उपमहानगर–१०, बाँके प्राप्त मत  : ५३२

८८ वर्ष  : ननकउ खाँ पठान (परिवार दल) सदस्य  : जानकी गाउँपालिका–, बाँके प्राप्त मत  : २०

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्