कामकुरो एकातिर, देउवा हिड्छन् बिहे भोजतिर !


 


काठमामाडौं, असार २२
आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै तथा आवश्यक सल्लाहकारहरु नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन् ।

साथै कांग्रेस शभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् ।

देउवा निकट कांग्रेसका एक नेताले भने, देउवाले चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलमा झन् आलोचित बन्दै जानुभएको छ ।

प्रधानमन्त्री अहिले बिहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिनुभएको छ ।आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्