बाढी र पहिरोबाट एक सातामा १५ को मृत्यु, ७ बेपत्ता


 


काठमाडौं, असार २२

एक सातायता देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । सात बेपत्ता र पाँच घाइते छन् । गृहमन्त्री जनार्दन शर्माले प्राकृतिक विपत्बाट भएको धनजनको क्षतिबारे बुधबार संसद्लाई जानकारी गराएका छन् ।

मन्त्री शर्माले पीडितहरूको उद्धार तथा राहत वितरणमा सरकारले कुनै कसर बाँकी नराखेको बताए । राहत तथा उद्धार कार्यमा सरकार उदासीन देखिएको भन्दै सांसदहरुले सोमबार र मंगलबारको बैठकमा आपत्ति जनाएका थिए । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

दोलखा, प्युठान, तेह्रथुम र कास्कीमा पहिरोमा परी मानवीय क्षती भएको मन्त्री शर्माले बताए । मृतकका परिवारलाई किरिया खर्च र पीडितलाई खाद्यान्नलगायतका सामग्री वितरण र सुरक्षित बासस्थानको व्यवस्था गरिएको उनले बताए । ‘विपदमा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । जिल्लास्थित दैवीप्रकोप उद्धार समितिस“ग समन्वय गरेर राहत र उद्धारलाई प्रभावकारी बनाइएको छ ।’

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्