राजपामा तीव्र मतभेद : अढाई महिनामै विभाजनको रेखा


 



काठमाडौं, असार २३

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरुबीच तीव्र मतभेद देखिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान प्रक्रिया नै अवरुद्ध भएको छ ।

विभिन्न आस्थाका राजपा नेता
महन्थ ठाकुर बीपी कोइराला
शरतसिंह भण्डारी बीपी कोइराला
महेन्द्रप्रसाद यादव पुष्पलाल श्रेष्ठ
राजेन्द्र महतो गजेन्द्रनारायण सिंह
राजकिशोर यादव बीपी कोइराला
अनिलकुमार झा गजेन्द्रनारायण सिंह
हृदयेश त्रिपाठी मार्क्सवादी

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्