भोजपुरका यी तीन बालबालिकाको सामुहिक हत्या अझै रहस्यमै


 


काठमाडौं, असार २३
अरूण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ का बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ ।

करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुँयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुवेको अवस्थामा मृत फेला परेका थिए ।

सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ मिटरजति दुरीमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको आजको नयाँ पत्रिका दैनिकले खबर प्रकाशित गरेको छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्