कुन–कुन जिल्लामा भयो कांग्रेस शून्य ? जहाँ एक तह पनि जित्न सकेन


 


काठमाडौं, असार २३
दोस्रो चरणको निर्वाचनमा कांग्रेस दुई जिल्लामा शून्य रह्यो । तीन तह रहेको रुकुम र सात तह रहेको धनकुटामा कांग्रेसले जित्न सकेन । अाजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश नम्बर ७ को बैतडी र बाजुरामा भने कांग्रेसले प्रभाव फैलाएको छ । संविधानसभा निर्वाचनमा बाजुरामा हार बेहोरेको कांग्रेसले स्थानीय तहको निर्वाचनमा नौमध्ये ६ तहमा जित हात पारेको छ ।

१० तह भएको बैतडीमा पनि ६ तह जितेको छ । दार्चुलाका १० मध्ये पाँच तह जितेको छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्