कर्मचारी भर्ना र बढुवा एक वर्ष रोक्का


 


काठमाडौं, असार २८

सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजनका क्रममा एक वर्ष नयाँ भर्ना र बढुवालाई रोक्ने नीति लिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारी समायोजनलाई सहज र व्यवस्थित गर्न तथा कर्मचारीको फ्रिक्वेन्ट्ली आवतजावतलाई व्यवस्थित बनाउन यस्तो नीति लिएको बताएको छ ।

व्यवस्थापिका संसदमा प्रस्तु भएको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ऐन प्रारम्भ भएको मितिले एक वर्ष सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाद्वारा पदपूर्ति नगरिने उल्लेख छ । अाजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्