काज मिलाएरै मुख्यसचिव सुवेदी आज मनिला जाँदै, किन दिएनन् राजीनामा ?


 



काठमाडौं, असार २८
सरकारका मुख्यसचिव डा. सोमलाल सुबेदी राजीनामा नदिएरै एडीबीको जागिरका लागि आज मनिला जाँदैछन् ।

सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिँदै बिदा भएका छन्।

उनी राजीनामा नदिई काज मिलाएर एडीबीको जिम्मेवारी सम्हाल्न मनिला जान लागेका हुन् । एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा फिलिपिन्सको मनिला जाने भएपछि मुख्यसचिव सुवेदीलाई मंगलबार सिंहदरबारमा विदाई गरिएको थियो ।

गत २०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल २०७५ सालसम्म छ ।

अब मुख्यसचिवको प्रतिस्पर्धीमा सचिव राजेन्द्रकिशोर क्षेत्री, नारायणगोपाल मलेगो, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी र शंकर अधिकारी छन् ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्